नेपाल प्रिमियर लिग क्रिकेटः लिग चरणको अन्तिम खेल आज, सुदुरपश्चिम र कर्णाली भिड्दै
थानकोट ।
काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम लिग खेल आज हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजेबाट सुरु हुने प्रतियोगितामा सुदुरपश्चिम रोयल्स र कर्णाली याक्सबीच आमुने सामुने हुनेछन् ।
यस खेलको नतिजापछि प्रतियोगिताको शीर्ष चार स्थानमा रहेर प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लाग्नेछ ।
यस्तै, शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने समिकरण पनि तय हुनेछ ।
अहिलेसम्म सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।
सोमबारको खेलपछि कर्णाली वा काठमाण्डु मध्ये एकले अन्तिम चारको टिकट काट्नेछन् ।
कर्णालीले सुदूरपश्चिमलाई पराजित गरेमा शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर नै खेल्ने सम्भावना छ ।
जनकपुर बोल्ट्सलाई पछि पार्द अंकतालिकामा दोस्रो हुन कर्णालीले सुदूरलाई १२ रन भन्दा बढीले पराजित गर्नुपर्नेछ ।
यस्तै, लक्ष्य पछ्याएमा अवस्था हेरेर १५/१६ ओभरमा पूरा गर्नुपर्नेछ ।
सुदूरपश्चिमसँग कर्णाली ५३ रन भन्दा बढी अन्तरले पराजित भएमा भने काठमान्डुको भाग्य खुल्नेछ ।
यस्तोमा काठमान्डुले कर्णालीलाई नेटरनरेटमा पछि पार्नेछ ।
यस्तो छ लिग चरणको अन्तिम खेल हुनु अघि नेपाल प्रिमियर लिग क्रिकेटको अंक तालिकाः















