एसीसी यू-१९ महिला एसिया कपः आज नेपालले पाकिस्तानसँग खेल्ने

Thankot Times

थानकोट।

मलेसियामा हिजो आइतबारबाट एसीसी अन्डर नाइन्टिन महिला एसिया कप सुरु भएको छ ।

नेपालले आफ्नो पहिलो खेलमा आज पाकिस्तानसँग खेल्ने तालिका रहेको छ । यो खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ ।

आईसीसी अन्डर नाइन्टिन विश्वकपको तयारीसमेत रहेको एसिया कपमा नेपालले पाकिस्तानलाई हराउने लक्ष्य राखेको छ । नेपालको लागि पाकिस्तान निकै बलियो विपक्षी हो । एसिया कपको लागि नेपालले फिल्डिङ र ब्याटिङमा निकै मिहिनेत गरेको छ ।

सिनियर पुरुष टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले खेलाडीलाई खेल्नका लागि मनोवैज्ञानिक रुपमा पनि तयार गरेका कारण नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएका छन् । सिनियर टिममा समेत स्थान बनाइसकेकी पुजा महतोसँगै, सोनी पाख्रिन, साना प्रविन र कृष्मा गुरुङजस्ता उत्कृष्ट खेलाडी टिममा रहेका छन् ।

पाकिस्तानी टिम जुफिसान आयाजको कप्तानीमा रहेको छ । आक्रामक जुफसानले टिममा लामो पारी खेल्ने क्षमता राख्छिन् । २०२३ को विश्वकप पनि खेलेका हइना अहमर, कुरातुलैन पाकिस्तानका उत्कृष्ट खेलाडी हुन् । उनीहरु नेपालविरुद्ध हाबी हुनसक्छन् । यी खेलाडीलाई सुरुमै आउट गराउनु नेपालका लागि महत्वपूर्ण हुनेछ ।

पहिलो पटक पाकिस्तानसँग खेल्न लागेको टोलीको लागि आज महत्वपूर्ण दिनसमेत हो । नेपाली टिमले घरेलु मैदानमा दुई साताको अभ्यास गरेर गत शुक्रबार मलेसिया गएको थियो । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने १२ बजे हुनेछ । नेपाल यूएईमा भएको आईसीसी अन्डर नाइन्टिन महिला टी-२० विश्वकप छनोटको विजेता बनेर एसिया कपमा समेत पुगेको हो ।

प्रतियोगिताको पहिलो दिनका खेलमा भारतले  पाकिस्तानको चुनाैती सहजै पन्छायो । नेपालकै समुहमा रहेको पाकिस्तानले दिएको ६७ को लक्ष्य भारतले १ विकेटको क्षतिमा पूरा गर्यो ।

यस्तै, श्रीलंकाले घरेलु टोली मलेसिया माथि ९४ रनको सहज जित हात पार्यो ।

सोमबार नै श्रीलंका र बंगलादेशबीच खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *