नेपाल प्रिमियर लिग क्रिकेटः अन्तिम खेलमा सुदूरपश्चिमको जित, प्ले-अफ समीकरण पूरा

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणका खेलहरू सकिएका छन्।

अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग हारे पनि कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । सुदूरपश्चिमसँग हारे पनि कर्णालीले नेट रन रेटमा काठमाण्डौ गुर्खाजलाई पछि पार्दै प्लेअफमा पुगेको हो ।

काठमाण्डौ भने लिग चरणबाट बाहिरिएको छ ।

कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाए । यस्तै ईशान पाण्डे ३८ रनमा नटआउट रहे । कर्णालीका कप्तान सोमपाल कामी र विपिन शर्माले १/१ विकेट लिए । कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र भेट्याएको भए काठमाण्डौ प्लेअफमा पुग्ने समीकरण बनेको थियो ।

योसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ । यसअघि जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्लेअफमा पुगिसकेका छन् ।

बुधबार इलिमिनेटरमा बिहान ९ बजे तेस्राे स्थानकाे चितवन र चाैथाे स्थानकाे कर्णाली खेल्दैछन् ।

याे खेलकाे विजेता दाेस्राे क्वालिफायरमा पुग्नेछ भने हार्ने टाेली बाहिरिनेछ ।

बुधबार नै दिउँसाे १ बजे शीर्ष स्थानकाे सुदूरपश्चिम र दाेस्राे स्थानकाे जनकपुरबीच खेल हुनेछ ।

याे खेलकाे विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टाेलीले इलिमिनेटरकाे विजेतासँग दाेस्राे क्वालिफायरमा खेल्नेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *