एसीसी यू-१९ महिला एसिया कपः नेपालद्धारा पाकिस्तान ६ विकेटले पराजित, नेपाल सेमीफाइनलमा

Thankot Times

थानकोट।

मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित हात पारेको छ।

नेपालले सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दा कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गरिन्। 

नेपालले पाकिस्तानले दिएको १०५ रनको लक्ष्य १९ ओभरमा विकेट ४ क्षतिमा पूरा गर्‍यो। 

पूजाले नटआउट ४७ रन जोड्ने क्रममा ४७ बलमै ३ चौका प्रहार गरिन्। 

त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १०४ रन जोड्यो। 

उसका लागि ओपनर तथा विकेटकिपर ब्याटर कोमल खानले ३८ रन जोडिन्। यस्तै मोहम अनीसले नटआउट २९ रनको योगदान दिइन्।

बलिङमा नेपालकी कप्तान पूजा महतोले २ विकेट लिइन् भने रचना चौधरी, रिया शर्मा र सीमाना केसीले १-१ विकेट लिए। 

समूहमा नेपाल र पाकिस्तानसँगै भारत छ। नेपालले आइसिसी यू-१९ विश्वकपअघि एसिया कप खेलेको हो।

नेपालले भोलि मंगलबार भारतसँग खेल्नेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *