एसीसी यू-१९ महिला एशिया कप: नेपाल र भारतबीचको खेल आज
थानकोट ।
मलेसियामा जारी १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ ।
नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो ।
स्थानीय बायुमास ओभलमा हुने खेल नेपाली समयानुसार बिहान ११ः४५ बजेबाट शुरू हुने तालिका रहेको छ ।
समुह चरणको पहिलो खेलमा नेपालले सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपाल र भारत समूह चरणको अन्तिम खेलअगावै ‘सुपर–४’ मा प्रवेश गरिसकेका छन्।
आजको खेलको नतिजाले समुह विजेता र उप विजेताको टुंगो लाग्नेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलंका छन् ।
समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् ।














