नेपाल प्रिमियर लिग क्रिकेटः कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य
थानकोट ।
नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।
यो खेलको विजेता दोश्रो क्वालिफायरका लागि छनोट हुनेछ ।
कर्णालीका ओपनर कोल्सावालाले सर्वाधिक ५३ रन बनाए । उनले ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे ।
बोसिस्टोले ५२ रन बनाए । उनले ३९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।
वाल्टनले अविजित ४६ रन जोडे ।
चितवनका सोहेल तान्विरले दुई विकेट लिए ।














