नेपाल प्रिमियर लिगः चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरको खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। 

फाइनल प्रवेशका लागि कर्णालीले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

आजै जनकपुर र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर भइरहेको छ। यो खेलको विजेता टोली फाइनल पुग्नेछ। 

बुधबार भएको ‘एलिमिनेटर’ खेलमा कर्णाली याक्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजलाई २१ रनले हरायो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो ।

बुधबार कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ‌ओभरमा ९ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *