एसीसी यू-१९ महिला एसिया कपः ‘सुपर-४’ मा आज नेपाल र बंगलादेशबीच खेल हुने

Thankot Times

थानकोट ।

एसीसी यू-१९ महिला एसिया कपमा नेपाल ले ‘सुपर–४’ मा आज नेपालले बंगलादेशको सामना गर्दै छ ।

खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ । 

आजको खेलको विजेताले फाइनलको यात्रा तय गर्नेछ ।

खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजेबाट सुरु हुनेछ । 

आज नै श्रीलंका र भारतबीच समेत प्रतिस्पर्धा हुँदैछ । 

सुपर-४ को अंकतालिकामा भारत ५ अंकसहित पहिलो स्थानमा छ ।

नेपाल र बंगलादेश समान ४-४ अंक भएपनि नेट रन रेटका अनुसार क्रमश दोश्रो र तेस्रो स्थानमा छन भने श्रीलंका ३ अंकका साथ अंक तालिकाको चाैथो स्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *