पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्टमा नेपालका ६ जना खेलाडी

Thankot Times

थानकोट ।

पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालका पाँच क्रिकेटर समेटिएका छन् ।

विदेशी खेलाडी अन्तर्गत सिल्भर क्याटेगोरीमा उनीहरू समावेश गरिएका हुन् ।

ड्राफ्टमा पर्नेमा विकेट किपर ब्याटरद्वय आसिफ शेख र अर्जुन साउद, टप अर्डर ब्याटर देव खनाल तथा अलराउन्डरहरु दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

सिल्भर क्याटेगोरीमा खेलाडीको न्यूनतम मूल्य २५ हजार डलर रहेको छ । ड्राफ्टमा रहेका खेलाडीहरूमध्येबाट फ्रेन्चाइज टिमहरूले खरिद गर्न सक्नेछन् ।

खेलाडी छनोट १३ जनवरीमा हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *