चन्द्रागिरि नगरमा क्रिकेट क्याम्प सञ्चालन हुँदै, किशोरीहरूका लागि निःशुल्क दर्ता
थानकोट ।
चन्द्रागिरि क्रिकेट एशोसियशनले ‘क्रिकेट ट्र्रेनिङ’ क्याम्प सञ्चालन गर्ने भएको छ ।
माघ ५ गतेबाट माघ २६ गतेसम्म सो क्याम्प चन्द्रागिरि नगरपालिका-०६ स्थित मदन भण्डारी खेल मैदान र त्रिभुवन पार्कमा सञ्चालन हुने चन्द्रागिरि क्रिकेट एशोसियशनले जनाएको छ ।
तालिम कार्यक्रममा सहभागिताका लागि १ हजार रुपैयाँ तिर्नुपर्ने बताइएको छ ।
यद्यपी किशोरीहरूका लागि भने दर्ता शुल्क नलाग्ने संस्थाका अध्यक्ष प्रजिवन प्रधानको भनाइ छ ।
तालिम कार्यक्रममा आवश्यक पर्ने सामाग्रीहरूको व्यवस्थापन चन्द्रागिरि क्रिकेट एशोसियशनले नै गर्नेछ ।













