सिन्धुपाल्चोकमा वीच भलिबल प्रतियोगिता सुरू
थानकोट ।
सिन्धुपाल्चोकमा वीच भलिबल प्रतियोगिता सुरू भएको छ ।
सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय वीच भलिबल प्रतियोगिता आजबाट सुरू भएको हो ।
सो खेल माघ ५ गतेसम्म जारी रहने छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो प्रतियोगिता उद्घाटन गरेका छन्
नेपाल भलिबल सङ्घ, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुवै हिसाबले महत्त्वपूर्ण मानिएको छ, जुन खेल अहिले सुकुटेस्थित सुनकोशी नदीको किनारामा जारी रहेको छ ।













