आईसीसी यू-१९ महिला टी-२० विश्वकपः नेपालले आज अस्ट्रेलियासँग खेल्दै

Thankot Times

थानकोट ।

मलेसियामा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ ।

यो खेल मलेसियाको बाङ्गीमा रहेको यूकेएम क्रिकेट मैदानमा नेपाली समयअनुसार मध्यान्ह सवा १२ बजेदेखि शुरू हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।

१६ वटा टोली सहभागी रहेको १९ वर्षमुनिको महिला विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।

यसअघि दुई खेलमा पराजित नेपाललाई सुपर सिक्समा पुग्न आजको आफ्नो तेस्रो खेलमा जीत र आज बिहान हुने बङ्गलादेश र स्कटल्याण्डबीचको खेलको नतिजामा समेत भर पर्नेछ ।

अस्ट्रेलियासँग जीत र बङ्गलादेशले पनि स्कटल्याण्डलाई हराउन सकेमा नेपाल सुपर सिक्समा पुग्नेछ ।

समूह ‘डी’ मा अस्ट्रेलियाको ४ तथा बङ्गलादेश र स्कटल्यान्डको समान २–२ अङ्क छ ।

नेपाल अङ्कविहीन छ ।

नेपालले पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेलेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *