आईसीसी यू-१९ महिला टी-२० विश्वकप: लगातार तेस्रो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो
थानकोट ।
मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा नेपालको चुनाैती समूह चरणबाटै सकिएको छ ।
बुधबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै प्रतियोगितामा जितविहीन रहँदै घर फर्कन लागेको हो ।
नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो ।
अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो । कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् ।
त्यसअघि मलेसियाको बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
नेपाल पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।
नेपालको समुहबाट बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलिया सुपर सिक्स चरणमा पुगेका छन् ।













