त्रिदेशीय महिला टी-२० क्रिकेट सिरिजः नेपाल र थाइल्याण्डबीच आज खेल हुने

Thankot Times

थानकोट ।

त्रिदेशीय महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेपालले थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार सुरु भएको प्रतिस्पर्धाको तेस्रो खेलमा नेपाल र थाइल्याण्ड भिड्न लागेका हुन्। यसअघि उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको थियो।

दोस्रो खेलमा भने थाइल्याण्डले नेदरल्याण्डलाई आठ विकेटले हराएको छ।

आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ।

आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६ औँ र नेपाल २० औँ स्थानमा छन् भने थाइल्याण्ड १३ औँ स्थानमा छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *