एनआरटीलाई बुढासुब्बा गोल्डकपको उपाधि, चर्च ब्वाइज २-१ ले स्तब्ध

Thankot Times

थानकोट । 

२५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ । 

शनिबार धरानमा भएको फाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइजलाई २-१ ले पराजित गर्दै एनआरटीले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

खेलमा हेनरी पोकुले दुई गोल गरेपछि एनआरटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै पुनरागमन जित निकालेको हो ।

एनआरटीले लगातार दोस्रो र समग्रमा तेस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो ।

एनआरटीले पहिलो २०६४ सालमा बुढासुब्बा जितेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *