बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता जेठ ९ गतेदेखि

Thankot Times

थानकोट ।

बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते अर्को सातादेखि सुरु हुने भएको छ ।

भक्तपुरको सूर्य विनायक नगर सितोरियो कराँते संघको आयोजनामा आगामी जेठ ९ र १० गते बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता हुन लागेको हो । 

उक्त प्रतियोगिताको खेलहरू जगातीस्थित शेराटन ब्याङ्केट सूर्य विनायक नगरपालिका–९ मा हुने भएको छ । यस प्रतियोगितामा १० स्थानीय तहका टोली भक्तपुर, मध्यपुर, चाँगुनारायण, सूर्य विनायक, बुढानीलकण्ठ, पनौती, बनेपा, चन्द्रागिरि, काठमाडौं र गोदावरी नगरपालिकाहरूका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । 

कुमुतेतर्फ पुरुषमा सात र महिलामा ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिला कुमुतेतर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी र काता विधामा सात वटा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । पुरुष कुमुतेतर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी र कातामा गरी आठ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । 

कराँते खेलको माध्यमबाट युवा पुस्तामा अनुशासन, आत्मवल, आत्मविश्वास, नेतृत्व र राष्ट्रिय गौरवका भावना उत्पन्न गर्न अभिप्रेरित गर्दै यो प्रतियोगिता आयोजना गरेको आयोजकको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *