कराते स्टार एरिका गुरुङलाई कराते वान प्रिमियर लिगमा कास्य पदक

Thankot Times

थानकोट ।

एरिका गुरुङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेकी छन् ।

महिला ६८ केजीमाथी तौल समूहमा आइतबार तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्सेली खेलाडी  क्लेमेन्स पिएलाई ६-२ ले पछि पार्दै गुरुङले कास्य पदक हात पारेकी हुन् ।

सेमिफाइनलमा स्पेनी खेलाडीसँग बराबरी अंक जोडेपनि सेन्सुका आधारमा पराजित भएपछि एरिकाले कास्य पदकका लागि खेलेकी हुन् ।

विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने करातेको विश्वकै प्रतिष्ठित लिग माने कराते वान प्रिमियर लिगमा पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी बनेकी छन् ।

पछिल्लो समय एरिका नेपाली खेलकुदको स्टारको रुपमा छिन् । उनले १९औं एसियन गेम्स र एसियन कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत जितिसकेकी छन् ।

तस्वीरः नेपाल कराते महासंघ


Leave a Reply

Your email address will not be published. Required fields are marked *