मच्छेगाउँमा जारी अन्तर विद्यालय भलिबल प्रतियोगिता आज सम्पन्न हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँमा हिजो (मंगलबार)बाट सुरु भएको वडास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता आज सकिँदैछ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँको आयोजनामा सुरु भएको प्रतियोगिता स्थानीय न्यू होराइजन एकेडेमीको कोर्टमा सञ्चालन भइरहेको हो ।
प्रतियोगितामा सो वडा क्षेत्रका विभिन्न चार विद्यालयले सहभागिता जनाइरहेको वडाध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।
न्यू होराइजन एकेडेमी, नारायजन मावि, मेघा पब्लिक स्कुल र चुनदेवी आधारभूत विद्यालयका विद्यार्थीले प्रतियोगिताको सिनियर र जुनियर दुवै विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको उपाधि छिनो फानो बुधबार नै हुनेछ ।












