मैत्रीपूर्ण फुटबलः नेपाल र हङकङले बराबरी खेले

Thankot Times

थानकोट ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय टिमले हङकङलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको छ ।

बिहीबार हङकङको हङकङ रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन ।

९३औँ मिनेटमा मणिकुमार लामाले दोहोरो पहेँलो कार्डपछि रातो कार्डको दर्शन गर्दै मैदान छोडेपछि नेपालले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।

नेपालले अब एएफसी एसियन कप छनोटको खेलमा लाओसविरुद्ध खेल्नेछ । लाओसमै हुने यो खेल जुन १० मा हुनेछ ।

छनोटमा नेपाल समूह ‘एफ’ मा छ ।

यो समूहमा नेपाल र लाओससँगै मलेसिया र भियतनाम छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *