२० ओभरको क्रिकेटमा नयाँ कीर्तिमान, तेस्रो सुपर ओभरमा नेपाल निराश

Thankot Times

थानकोट ।

अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलोपटक तीनपटकसम्म सुपर ओभरको खेल भएको छ ।

स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा कीर्तिमानी बनेको खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको हो ।

तेस्रो सुपर ओभरमा डच टोलीले एक रनको लक्ष्य पाएको थियो । जसलाई पहिलो बलमै छक्कासहित नेदरल्यान्ड्सले जित पक्का गर्‍यो । तेस्रो सुपर ओभरमा पहिले ब्याटिङमा आएकाे नेपालले रन नबनाई दुई विकेट गुमाएपछि डच टोलीले एक रनको लक्ष्य पाएको हो ।

यसअघि भएको पहिलो सुपर ओभर पनि टाइ भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको हो । दोस्रो सुपर ओभरमा स्कटल्यान्डले १७ रन बनाउँदै नेपाललाई १८ रनको लक्ष्य दिएको थियो । तर, नेपालले पनि १७ रन नै बनाएपछि खेल तेस्रोपटक सुपर ओभरमा धकेलिएको थियो ।

यस्तै, पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएको थियो । २० रनको लक्ष्यसहित मैदान उत्रिएको डच टोलीले पनि १९ रन नै बनाएपछि खेल दोस्रोपटक सुपर ओभरमा पुगेको थियो ।

त्यसअघि स्कटल्यान्डको डुन्डीमा जारी खेलमा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५२ रन बनाएको थियो । १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पनि निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएपछि खेल टाइ भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *