मातातिर्थ इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि सेभेन हर्सलाई, मिक्समाण्डु दोश्रो

Thankot Times

थानकोट ।

१६ टोली सम्मिलित प्रथम मातातिर्थ इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि सेभेन हर्स कन्सलटेन्सी क्लबले जितेको छ ।

शनिबार चन्द्रागिरि नगरपालिका-०७ महांकालस्थानस्थित गणेशमान सिंह स्मृति फुटसलमा सम्पन्न फाइनल खेलमा मिक्स्माण्डुको चुनाैती पन्छाउँदै सेभेन हर्स च्याम्पियन बनेको हो ।

फाइनलमा मिक्समाण्डुले प्रस्तुत गरेको ३४ रनको लक्ष्य सेभेन हर्सले २ विकेटको क्षतिमा भेट्टायो ।

प्रतियोगिताको उपाधिसँगै सेभेन हर्सले नगद ७० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता मिक्समाण्डुको हातमा ३० हजार पर्यो ।

असार ४ बाट सुरु भएको प्रतियोगितामा सेभेन हर्सका दिनेश विष्ट डेभिड उत्कृष्ट ब्याट्सम्यान चुनिए भने सोही टोलीका निरज भट्ट उत्कृष्ट बलर चुनिए ।

मातातिर्थ क्रिकेट क्लब आयोजना गरेको १० ओभरको सो प्रतियोगिताका विजेता तथा उपविजेताहरूका लागि चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, चन्द्रागिरि वडा नं. ७ का कार्यवाहक वडाध्यक्ष भुवन कुमार केसी, चन्द्रागिरि वडा नं. ८ का सदस्य विजय श्रेष्ठ, चन्द्रागिरि क्रिकेट एसोसियसनका अध्यक्ष प्रजिवन प्रधान, मातातिर्थ क्रिकेट क्लबका सल्लाहकार सरोज थापा लगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *