दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट दिए राजीनामा

Thankot Times

थानकोट ।

नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट राजीनामा दिएका छन् ।

सन् २०१६ देखि नेपाल प्रहरी सेवामा प्रवेश गरेका ऐरीले बैशाख २८ गते राजीनामा दिएका हुन् ।

यद्यपी उनले यसबारेमा केहि बोलेका छैनन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले प्रहरी क्रिकेट टोलीका कप्तानसमेत रहेका ऐरीले राजीनामा दिएको र उनको राजीनामा स्वीकृत समेत भइसकेको जानकारी दिए ।

ऐरीले घरायसी कारण राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

फाइल फाेटाे : नेपाल प्रहरी


Leave a Reply

Your email address will not be published. Required fields are marked *