स्मरणीय बन्याे नेपाली महिला टाेलीकाे १ सयाैं खेल, लाओस ९-० ले स्तब्ध
थानकोट ।
एएफसी एसियन कप छनोटअन्तर्गतको पहिलो खेलमा उज्वेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलमा नेपालले लाओसलाई ९-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ।
पहिलो हाफमा २-० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा ७ गोल थप्यो।
नेपालले एसियन कप छनोट अन्तर्गतको दोस्रो खेल जुलाई २ मा श्रीलंकासँग खेल्नेछ। समुह चरणको तेस्रो खेल नेपालले घरेलु टिम उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।












