एसीसी यू-१६ इस्ट जोन कपमा नेपालद्वारा भुटानसामु ३ सय ५९ रनको लक्ष्य पेश

Thankot Times

थानकोट ।

एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई तीन सय ५९ रनको लक्ष्य दिएको छ ।

मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा मंगलबार बिहान टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय ५८ रन बनायो ।

नेपालका रौनक श्रीवास्तवले शतक बनाए ।

उनले एक सय ३२ बलमा एक सय ६८ रन बनाए । यस्तै जोय थापाले अविजित ६१, सिवान्स बजगाईँ ५४ र सुगम बूढाथोकीले ३५ रन बनाए । भुटानका सन्जय डोर्जीले तीन विकेट लिए । यस्तै तेन्जिन लोडे जमत्सोले एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत नेपालले खेलेका तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अङ्कसहित दोश्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ ।

यस्तै समूह ‘बी’बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेट, दोश्रो खेलमा जापानलाई नौ विकेट र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो ।

१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् ।

समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।

यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।

सेमिफाइनलका खेलहरु पर्सि बिहीबार हुनेछन भने फाइनल खेल असार २१ गते शनिबारका लागि निर्धारण गरिएको छ।

तस्बिरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *