एसीसी यू-१६ इस्ट जोन कपको सेमीफाइनलमा आज नेपाल र मलेसियाबीच खेल हुँदै

Thankot Times

थानकोट ।

जारी एसीसी यू-१६ इस्ट जोन कपको पहिलो सेमीफाइनल खेलमा नेपालले आज बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र मलेसियाबीचको सेमिफाइनल खेल बिहान पौने ८ बजेदेखि मलेसियाको सेलांगर टर्फ क्लबमा सुरु हुनेछ ।

प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्न लागेको हो । मलेसिया भने समूह बी को उपविजेता हो ।

प्रतियोगिताको दोश्रो सेमीफाइनलमा आज नै हङकङले सिंगापुरसँग खेल्नेछ ।

फाइनल खेल शनिबार हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *