कस्तो रहला आज दिनभर र रातिको माैसम ?

Thankot Times

थानकोट ।

आज देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भू-भागहरू र मधेशलगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनीका तराई तथा कर्णाली र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति  कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू-भाग र मधेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *