नेपालमा भारु २ सय र ५ सय दरका २५ हजारसम्म बोक्न पाइने

Thankot Times

थानकोट ।

सरकारले २ सय र ५ सय दरका भारतीय रुपैयाँ नेपालमा चलाउन अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले सन् २०१६ नोभेम्बरदेखि निष्कासन भएका भारु २०० तथा ५०० दरका नोट नेपाल ल्याउन तथा भारत लैजान खुला गरेको हो ।

दुवै देशका नागरिकले प्रतिव्यक्ति २५ हजारसम्म ल्याउन तथा लैजान पाउनेछन् ।

यसअघि भारतीय रुपैयाँ १ सयका नोट मात्रै बोक्न सरकारले अनुमति दिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ