रास्वपाले काठमाडाैं १० मा भोलि बिहान कीर्तिपुरस्थित मतगणनास्थलबाटै धन्यवाद र्याली निकाल्ने
थानकोट ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडाैं क्षेत्र नं. १० मा रास्वपाका प्रदिप विष्ट जितको संघारमा पुगेका छन् ।
करिब ५ हजार मत गणना हुन बाँकी रहँदा विष्टले करिब २६ हजार मतको अग्रता लिएका छन् ।
यसैबीच रास्वपाले यस क्षेत्रमा विजय निश्चित गरेसँगै शुभेच्छुकहरूले भोलि (शनिबार) धन्यवाद र्याली निकाल्ने तयारी गरेका छन् । स्रोतका अनुसार शनिबार बिहान ७ः३० कीर्तिपुरस्थित त्रिवि स्मृति भवनबाट धन्यवाद् र्याली निस्कनेछ ।
जहाँ अहिले मतगणना भइरहेको छ ।
तस्बिरः सामाजिक सञ्जालबाट















