एसइई-२०८२: थानकोट चुनिखेलस्थित चुनदेवी माविका २२ मध्ये ४ जना विद्यार्थी उत्तीर्ण
थानकोट ।
सोमबार (बैशाख २८ गते) सार्वजनिक भएको गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट, चुनिखेलस्थित चुनदेवी माविको नतिजा अघिल्लो वर्षको तुलनामा झनै खस्किएको छ ।
गतवर्ष यस विद्यालयबाट परीक्षामा सहभागी भएका २२ जना विद्यार्थी मध्ये ४ जना मात्रै उत्तीर्ण भएको चन्द्रागिरि नगर शिक्षा शाखाले जनाएको छ ।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षाामा यस विद्यालयबाट ३६ जनाले परीक्षा दिएकोमा १६ जना उत्तीर्ण भएका थिए ।
शैक्षिक वर्ष २०८१ को तुलनामा वर्ष २०८२ को नतिजा २६.१६ प्रतिशतले खस्किएको हो ।
चन्द्रागिरि नगरका विभिन्न १७ वटा सामुदायिक विद्यालयको नतिजाका आधारमा चुनदेवीको नतिजा सबैभन्दा कमजोर देखिएको छ ।










