एसइई-२०८२: मातातिर्थस्थित जनविकास माविका ४४ मध्ये २८ जना विद्यार्थी उत्तीर्ण
थानकोट ।
सोमबार (बैशाख २८ गते) सार्वजनिक भएको गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातिर्थस्थित जनविकास माविको नतिजा अघिल्लो वर्षको तुलनामा खस्किएको छ ।
गतवर्ष यस विद्यालयबाट परीक्षामा सहभागी भएका ४४ जना विद्यार्थी मध्ये २८ जना उत्तीर्ण भएको चन्द्रागिरि नगर शिक्षा शाखाले जनाएको छ ।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षाामा यस विद्यालयबाट ४५ जनाले परीक्षा दिएकोमा ४१ जना उत्तीर्ण भएका थिए ।
शैक्षिक वर्ष २०८१ को तुलनामा वर्ष २०८२ को नतिजा २७.४७ प्रतिशतले खस्किएको हो ।










