मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुन: गठन

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्यसम्पादन नियमावलीबमोजिम मौजुदा मन्त्रिपरिषद् मा रहेका नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनः गठन गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गत १३ चैत २०८२ मा गठित प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा बिहीबार मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन गरेका हुन् ।

कार्य विभाजनअनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

त्यसैगरी, अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्रीमा सुनील लम्साल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीमा सीता बादी रहेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीमा निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्रीमा सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चार मन्त्रीमा डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरण मन्त्रीमा गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *