विद्यावारिधि उपाधि हासिल गरेका १५ जना व्यक्तित्वलाई चन्द्रागिरि नगरको सम्मान
थानकोट ।
विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका १५ जना व्यक्तित्वलाई चन्द्रागिरिमा सम्मान गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाले शनिबार (असार २०) एक समारोहका बीच उनीहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा हालै मात्र विद्यावारिधि उपाधि हासिल गरेका चन्द्रागिरि नगरपालिका वडा नं. १ का महेश्वर गिरी, चन्द्रागिरि नगरपालिका वडा नं. १० का तारा बहादुर घिमिरे, चन्द्रागिरि नगरपालिका वडा नं. १२ का लोकनाथ भट्टराई, चन्द्रागिरि नगरपालिका वडा नं. ५ का बम बहादुर अधिकारी, चन्द्रागिरि नगरपालिका वडा नं. ११ का टिकाराम चापागाई, चन्द्रागिरि नगरपालिका वडा नं. ६ का मदन सिग्देल, चन्द्रागिरि नगरपालिका वडा नं. ६ कै बद्री प्रकाश पोख्रेल, चन्द्रागिरि नगरपालिका वडा नं. ५ का अमित कुमार महर्जन, चन्द्रागिरि नगरपालिका वडा नं. १४ का रमेश श्रेष्ठ, चन्द्रागिरि नगरपालिका वडा नं. ३ का राम विक्रम मण्डल, चन्द्रागिरि नगरपालिका वडा नं. १५ की सफिना लुइँटेल, चन्द्रागिरि नगरपालिका वडा नं. ९ की चाँदनी श्रेष्ठ, चन्द्रागिरि नगरपालिका वडा नं. १५ की नन्दिता शर्मा, चन्द्रागिरि नगरपालिका वडा नं. ११ का शिवप्रसाद खनाल, चन्द्रागिरि नगरपालिका वडा नं. ११ काश्रीप्रसाद घिमिरे सम्मानित भएका हुन् ।
सम्मानित हुनेहरूलाई नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, सामाजिक विकास समिति संयोजक घनश्याम लुइँटेल लगायतले कदरपत्र वितरण गरेका थिए ।
सम्मानित हुनेहरू सबै चन्द्रागिरि नगरका स्थायी बसोबासी रहेको चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
चन्द्रागिरि नगरपालिकाले यसअघि सार्वजनिक सूचना जारी गर्दै विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका नगर क्षेत्रका स्थायी बसोबासीहरूलाई सम्मान गर्ने जनाएको थियो ।









