त्रिविका नवनियुक्त उपकुलपति प्रा. डा. थापाद्वारा पदभार ग्रहण
थानकोट ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले पदभार ग्रहण गरेका छन् ।
सोमबार पदभार ग्रहण गर्दै थापाले त्रिविलाई उत्कृष्ट संस्थाको रूपमा विकसित गराउने प्रतिबद्धता व्यक्त गरे ।
थापाले विश्वविद्यालयलाई सरोकारवाला सबैको राय, सुझाव र सहयोगले मात्र उत्कृष्ट बनाउन सक्ने बताउँदै सबैलाई हातेमालोका लागि आग्रह गरे ।
थापा त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ (२) बमोजिम गठित समितिको सिफारिसअनुसार गएको शुक्रबार उपकुलपतिमा नियुक्त भएका थिए ।
यसअघि काठमाडौं विश्वविद्यालयको उपकुलपति भइसकेका प्रा.डा थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट विद्यावारिधि गरेका हुन् ।









