भोटेकोशी बाढीः भेहिकल एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार सहयोग
थानकोट ।
गत भदाै १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि निम्तिएको विपद् बाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघ संस्थाहरूले आर्थिक भाैतिक सहयोग गर्ने क्रम जारी छ ।
कतिपय संघसंस्थाले घटनास्थल (नुवाकोट, धादिङ लगायतका स्थान) पुगेरै सहयोग गर्दै आएका छन् भने कतिपयले सरकारले व्यवस्था गरेको कोषमार्फत सहयोग गरिरहेका छन् ।
चन्द्रागिरि नगरपालिका क्षेत्रभित्रका विभिन्न संघसंस्थाहरूले पनि यस विपद् मा खुलेर सहयोग गरिरहेको विवरण सार्वनजनिक भइरहेको छ ।
यसैबीच, चन्द्रागिरि नगरपालिका गुर्जुधारास्थित भेहिकल एण्ड रिसर्च सेन्टरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।
एकेडेमीका प्रतिनिधिहरूले मंगलबार बैंकमार्फत उक्त रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा दाखिला गराएका हुन् ।
भोटेकोशी बाढीः चन्द्रागिरि नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग गर्ने
हाइभिजन कोलोनी समाजद्वारा भोटेकोशी बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग
भोटेकोसी बाढी प्रभावितहरुका लागि परिश्रमी साकोसबाट १ लाख ५५ हजार सहयोग
भोटेकोसी बाढी प्रभावितहरुका लागि चन्द्रागिरि साकोसले ७ लाख ५१ हजार सहयोग गर्ने प्रतिबद्धता










