‘डीबी सर’को आज अन्त्येष्टी गरिँदै, रिब्स माविमा शोक बिदा

Thankot Times

थानकोट ।

रिब्स माविका संस्थापक एवं प्रधानाध्यापक डीबी गुरुङ (धनबहादुर) को आज अन्त्येष्टी गरिने भएको छ ।

उनको मंगलबार बिहान (भदाै ३० गते) उपचारका क्रममा पाटन अस्पतालमा उनको ८७ वर्षको उमेरमा निधन भएको थियो । उनी पछिल्लो समय विभिन्न रोगसँग जुधिरहेका थिए ।

उनको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि बिहान १० बजेदेखि अनामनगरस्थित तमु बुद्ध समाज नेपाल परिसरमा राखिने रिब्स माविले जनाएको छ । तत्पश्चात दिउँसो १ बजे शवयात्रासहित पशुपति आर्यघाटमा शवको अन्तिम संस्कार गरिनेछ ।

विद्यालयका संस्थापक एवं प्रधानाध्यापक डीबी गुरुङ (धनबहादुर) को निधन भएको शोकमा आज चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविले शोक बिदा दिएको छ ।

चन्द्रागिरिस्थित रिब्स माविका संस्थापक ‘डीबी सर’ को ८६ वर्षको उमेरमा निधन


Leave a Reply

Your email address will not be published. Required fields are marked *