चन्द्रागिरिमा काँग्रेसको अधिवेशन जारी रहँदा नेकपा एमालेको दोश्रो नगर अधिवेशनको चर्चा !
थानकोट ।
नेपाली काँग्रेसको चन्द्रागिरि नगर अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न नसकेपछि अधिवेशन चुनावतर्फ अघि बढेको छ ।
हिजो बुधबार दिनभरको छलफल सर्वसम्मत गराउन असफल भएपछि निर्वाचन कार्यक्रम अघि बढाइएको हो । नगरका सबै पदमा चुनाव हुने माहोल बनेको छ । सभापति पदमा ७ जनाले दाबी पेश गरेका छन् ।
नेपाली काँग्रेस चन्द्रागिरि नगर सभापतिमा ७ जनाको दाबी, सचिवमा २ जनाको दाबी (सूचीसहित)
अहिले बिहान ९ बजेसम्म उमेदवारी दर्ता खुला गरिएकोले सभापति पदमा केही थप मनोनयन पर्ने बुझिएको छ ।
मध्यान्ह १२ः३० बजेसम्म उमेदवारी फिर्ता लिन सकिने तालिका छ । १ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै दिउँसो २ बजेदेखि मतदान सुरु हुने छ ।
निर्वाचन तालिका हेराैं
चेकपोष्टस्थित ग्रीनल्याण्ड ब्याङ्केटमा अहिले बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम अन्तर्गत उमेदवारी मनोनयन सुरु भएको छ । नगरको उपसभापति, सचिव, सहसचिव, सदस्य पदमा समेत आकांक्षीहरूले मनोनयन दर्ता गराइरहेको निर्वाचन अधिकृत राधिका लामिछानेले जानकारी दिइन् ।
अधिवेशन काँग्रेसको, चर्चा नेकपा एमालेको गत अधिवेशनको
काँग्रेस चन्द्रागिरि नगर अधिवेशनको नेतृत्व चयनका लागि बुधबार मध्यान्हदेखि नै सहमति खोजि भइरहँदा कतिपयले चुनावी माहोल अपेक्षित हुन नसक्ने भन्दै सहमतिका लागि अन्तिम समयसम्म नै जोड दिएका थिए ।
केही उमेदवारहरूको उमेदवारीप्रति अधिवेशनस्थलमा उपस्थित महाधिवेशन प्रतिनिधिहरूले नतिजा नेकपा एमालेको दोश्रो अधिवेशनकै जस्तो आउने भन्दै आकांक्षीहरूलाई पछि हट्न सुझाएको एक महाधिवेशन प्रतिनिधिले बताए । पार्टी वृत्तमा आफ्नो अवस्था ज्ञात हुँदाहुँदै मनोनयन दिइनु सही निर्णय हैन् भन्दै ती प्रतिनिधिले भने चुनाव भए नेकपा एमाले चन्द्रागिरि नगरको दोश्रो अधिवेशनकै जस्तो परिणाम भोग्न तयार हुनुपर्नेछ ।
२०८१ जेठ महिनामा सम्पन्न नेकपा एमाले चन्द्रागिरि नगर अधिवेशनबाट अध्यक्षमा इन्जिनियर उत्तम बहादुर राउत निर्वाचित भएका थिए ।
सो पार्टीको चन्द्रागिरि नगर कमिटिको अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दिएकोमा खसेको कुल १८३ मत मध्ये राउतको पक्षमा ११० मत परेको थियो । सो चुनावसँग सम्बन्धित समाचार यो लिंकमा पढाैं
नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्षमा उत्तम बहादुर राउत निर्वाचित














