नेपाली बजारमा सुनचाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।

आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

यसदिन सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँले बढेको हो । बुधबार सुन तोलाको दुई लाख ९३ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुनको भाउ तोलामा तीन हजार ८०० रुपैयाँले घटेर तोलाको दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी ३० रुपैयाँले बढेर तोलाको ४ हजार ४२५ रुपैयाँ पुगेको छ ।

यसअघि हिजो चाँदी तोलाको ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *