ट्रेड युनियनका अध्यक्ष योगेन्द्र कुँवर नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

Thankot Times

थानकोट ।

श्रमिक नेता एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्र/नेपाल ट्रेड युनियन कांग्रेस अध्यक्ष योगेन्द्रकुमार कुँवर नेपाली काँग्रेसको आसन्न १५औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् ।

चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्ट निवासी कुँवर काठमाडाैं क्षेत्र नं. १० बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

मंगलबार (असोज १३ गते) कीर्तिपुरममा सम्पन्न अधिवेशनमा उनले श्रमिक क्लष्टरबाट प्रतिनिधि बन्न उमेदवारी दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *