विश्व क्रिकेट वरियतामा नेपाल १६औँ स्थानमा
थानकोट ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको आईसीसी एकदिवसीय विश्व वरियतामा नेपाल १६औं स्थानमा उक्लिएको छ ।
पुरुष एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको हो ।
नेपालले ३३ खेलमा ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
एकदिवसीय विश्व वरियतामा भारत शीर्ष स्थानमा रहँदा न्यूजील्याण्ड दोस्रो स्थानमा छ । त्यसैगरी दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया चौथो तथा पाकिस्तान पाँचौँ स्थानमा छन् ।













