नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: लो स्कोरिङ म्याचमा जनकपुरमाथि चितवनको सहज जित

Thankot Times

थानकोट ।

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ ।

जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

शुक्रबार भएको लो–स्कोरिङ खेलमा जनकपुरलाई हराउँदै चितवनले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ ।

पराजित जनकपुर भने प्लेअफ होडबाट बाहिरिएको छ ।

चितवनका लागि डाविड मालानले अविजित रहँदै सर्वाधिक ३५ रन बनाए । उनले ३९ बल खेल्दै १ छक्का प्रहार गरे । कुशल मल्लले १५, रवि बोपारले १३ र कमिल मिशाराले १२ रन जोडे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *