नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ३ हजार १४५ रुपैयाँ निर्धारण भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।










