स्थापना दिवसका अवसरमा चन्द्रागिरि सहकारीले रक्तदान कार्यक्रम आयोजना गर्ने

Thankot Times

थानकोट, चैत्र २६ ।

थानकोट चेकपोष्टस्थित चन्द्रागिरि सरकारीले बैशाख ३ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । साकोस स्थापनाको २१औं वार्षिकोत्सवको अवसरमा संस्थाको प्राङ्गणमा सो कार्यक्रम हुने बताइएको छ ।

१८ हजार भन्दा धेरै शेयर सदस्य रहेका चन्द्रागिरि सहकारीले स्थापना दिवसका अवसरमा वर्षेनी रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *