स्थानीय तह निर्वाचनः चन्द्रागिरि ९ को नेतृत्व लिन एक स्वतन्त्र सहित तीन दलको दाबी

Thankot Times

थानकोट ।

स्थानीय तहको दोश्रो निर्वाचनको मतदान मिति नजिकिँदो छ । दलहरू गठबन्धन बनाइ तथा एकल रूपमा मतदाता समक्ष भोट माग्न दिनरात खटिइरहेका छन् । मतदानको मिति नजिकिँदै गर्दा केही स्थानीय तहमा स्वतन्त्र एवं बागी उम्मेदवारहरूको चर्चा चुलिँदै गएको छ ।

चन्द्रागिरि नगरपालिकामा नेकपा माओवादी केन्द्रले नगरप्रमुख तथा उपप्रमुख दुवैको नाम फिर्ता लिएको छ भने प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा काँग्रेसका उपप्रमुख पदकी उम्मेदवारको नाम फिर्ता लगिएपछि नगरमा निर्वाचनको माहोलले नयाँ मोड लिएको छ ।

वडागत रूपमा चन्द्रागिरिका केही वडामा गठबन्धन घटक राजनीनितक दलहरूले तालमेल गरेका छन् । नेकपा एमालेले मात्रै चन्द्रागिरिका सबै १५ वडामा नेतृत्वको दाबी सहित उम्मेदवारी दिएको छ ।

२०७४ को स्थानीय तहमा चन्द्रागिरि ९ मच्छेगाउँमा एमालेका उम्मेदवार देवेन्‍द्र महर्जन ८ सय ७  मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए । ६ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ९  मा नेपाली काँग्रेसका अच्यूत अधिकारीले ५८४ मत पाउँदा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ३७० मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ९८ मत पाएका थिए ।

यसपटक चन्द्रागिरि ९ को नेतृत्व लिन नेपाली काँग्रेसले नेकपा एकीकृत समाजवादी तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तालमेल गरेको छ । तालमेलको नेतृत्व नेपाली काँग्रेसका अच्युत अधिकारीले लिएका छन्, अधिकारी गत स्थानीय तह निर्वाचनमा पराजित भएका थिए । त्यस्तै, नेकपा एमालेबाट रामकृष्ण श्रेष्ठ, राप्रपाबाट सुरेन्द्र देशार र स्वतन्त्र उम्मेदवार भीमदेव महर्जनले वडाध्यक्षमा दाबी पेश गरेका छन् ।

चन्द्रागिरि ९ मच्छेगाउँमा २ हजार ७ सय ३८ मतदाता रहेका छन् ।

चन्द्रागिरि नगरका कुन वडामा कति छन् मतदाता ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *