चन्द्रागिरि ११ मा नेपाली काँग्रेसका नरेन्द्रराज श्रेष्ठको प्यानल विजयी

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ ।

चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । पछिल्लो विवरण अनुसार चन्द्रागिरि नगरका वडा नं. १ देखी ११ को मतगणना सकिँदा वडा नं. १२, १३ र १४ को मतगणना जारी रहेको बताइएको छ ।

नगरमा सबैभन्दा धेरै  मतदाता भएको वडा नंं १२ को मतगणना सुरू भइसकेको छ ।

प्राप्त विवरणहरू अनुसार चन्द्रागिरि ११ सतुङ्गलमा नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्रराज श्रेष्ठको प्यानलले  जित हासिल गरेको बताइएको छ ।

१२४८ मत खसेको चन्द्रागिरि ११ को वडाध्यक्ष पदमा ३ जनाले उम्मेदवारी दिएका थिए ।

स्थानीय तह निर्वाचनः चन्द्रागिरि ११ को वडाध्यक्ष पदमा श्रेष्ठ त्रयको दाबी


Leave a Reply

Your email address will not be published. Required fields are marked *