मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न नदिने, धर्मशालामा बस्न आग्रह

Thankot Times

थानकोट ।

महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पस्न र बस्न नदिने भएको छ ।

गत चैत २ गते महोत्तरीबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरूले खुलामञ्चमा बसेर आफ्ना माग पुरा गर्न सरकारलाई दबाब दिने तयारी गरेका थिए । 

तर पीडितहरू खुलामञ्चमा आउने थाहा पाएपछि महानगरले खुलामञ्चमा नगर प्रहरी तैनाथ गर्नुका साथै प्रवेशद्वारामा ताल्चा मारेको छ । काठमाडौँ नगर प्रहरी प्रमुख राजु पाण्डेले पीडितहरूलाई बस्न गौशाला स्थित धर्मशालामा व्यवस्था गरिएकाले खुलामञ्चमा बस्न नदिएको बताए । ‘खुलामञ्चमा बस्न सरकारको आदेश छैन, त्यसैले हामीले ताल्चा लगाएका हौ ।

उहाँहरूलाई बस्न गौशालाको धर्मशालामा बस्ने व्यवस्था गरेका छौ’, पाण्डेको भनाइ छ ।

आइतबार उनीहरू चन्द्रागिरि नगरपालिका ०६, मातातीर्थस्थित सत्तलमा बास बसेका थिए । 

मिटरब्याज पिडित ७३ जनाकाे टाेली महाेत्तरीबाट हिंडेर ११ दिनमा मातातीर्थ आइपुग्याे

बर्दिबासबाट हिँडेरै मातातीर्थ आएका मिटरब्याज पीडितहरूले आजदेखि माइतीघरमा धर्ना दिने


Leave a Reply

Your email address will not be published. Required fields are marked *