राष्ट्रिय सभाकाे बैठक आज बस्दै
थानकोट ।
संघीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज आइतबार बस्दैछ ।
दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।
आइतबारकाे बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको छ ।











