बागमती प्रदेश सरकारको सत्ता टिकाउन गठबन्धनलाई एक सांसद अपुग
थानकोट ।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै एमाले-माओवादीसहितको गठबन्धनलाई बागमती प्रदेश सरकार टिकाउन एक सांसद अपुग हुने देखिएको छ ।
नेपाली कांग्रेसले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती सरकारले बहुमत गुमाएको हो ।
हाल बागमती प्रदेश सरकारमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका मन्त्री छन् भने केन्द्रमा बनेको सत्ता समीकरण अनुसार सत्तापक्षको सूचीमा एमाले सामेल भएको छ ।
यद्यपि प्रदेश सरकार जोगाउन आवश्यक बहुमत यो गठबन्धनसँग जुटेको छैन् ।
बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५६ सांसदको समर्थन चाहिन्छ । प्रदेशसभामा माओवादी केन्द्रका २२, एमालेका २७ र नेकपा एकीकृत समाजवादी पार्टीका ७ गरी ५५ सांसद छन् । सत्ता गठबन्धनका दलहरूलाई सरकार टिकाउन एक सांसद अपुग देखिन्छ ।
रातोपाटीबाट ।











