राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठक आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने तालिका रहेको छ ।

बैठकमा २०८१ बैशाख महिनामा हुने उपनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ ।

साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ ।

पार्टी ४ वटा मन्त्रालयसहित सरकारमा गएको छ । सो विषयमा पनि छलफल हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *