उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन

Thankot Times

थानकोट ।

बैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ।

आज बेलुकी उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

आयोगको कार्यतालिकाअनुसार हिजो आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो। आज अपराह्न ३ बजेपछि अपराह्न ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ। तर इलाम र बझाङका निर्वाचन कार्यालयका अनुसार निर्धारित समयभित्र कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेन।

यसैगरी मंगलबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ। २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।

उपनिर्वाचन हुने इलाम-२ मा २० र बझाङ १ (१)मा  १२ जनाले उमेदवारी दर्ता गराएका छन्। २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *