राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।

बिहान साढे ११ बजेबाट प्रदर्शन सुरु गरिने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनबहादुर श्रेष्ठले जानकारी दिए ।

भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ ।

राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न काठमाडौंकेन्द्रित प्रदर्शन गर्न लागिएको श्रेष्ठले बताए ।

यसअघि चन्द्रागिरि नगरमा हिजो साँझ राप्रपाले मसाल जुलुस निकालेको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *